Navigation
Video

Program Hello Samsad: Gangaki Province

Hello Samsad: Role of Parliament and Parliamentary Committees for Good Governance. Gandaki Province

काठमाडौँ । गण्डकी प्रदेशसभाले ‘गण्डकी प्रदेशमा सूचनाको हक प्रचलन गराउने सम्बन्धमा बनेको विधेयक’ पारित गरेको छ । 

यो विधेयक पारित भएसँगै सार्वजनिक महत्वको सूचनामा नागरिकको पहुँच बढ्ने प्रदेश सभामुख नेत्रनाथ अधिकारीले सीआईएनसँग बताउनुभयो ।

गण्डकी प्रदेश सभाको हिजोको बैठकले विधेयक पारित गरेको हो ।

सीआईएनले यही साउन ११ गते पोखरामा गरेको 'हेलो सासद' कार्यक्रममा सभामुख अधिकारीले चालु अधिवेशनबाटै सूचनाको हकसम्बन्धी विधेयक पारित गराउने गरी समन्वय गर्ने प्रतिबद्धता जनाउनु भएको थियो ।

२०७८ चैत २० मा प्रदेशसभा सचिवालयमा दर्ता भएको सूचनाको हकसम्बन्धी विधेयक तीन दिनपछि प्रदेशसभा बैठकमा कानुन सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री विन्दुकुमार थापाले पेस गर्नुभएको थियो ।

सैद्धान्तिक छलफलपछि दफाबार छलफलका लागि चैत २५ मा विधायन समितिमा पेस गरिएको थियो ।

विधायन समितिका सभापति विष्णुप्रसाद लामिछानेले दफावार छलफलपछि हिजोको बैठकमा प्रतिवेदनसहित बुझाउनुभएको थियो ।