Navigation

सामुदायिक रेडियो आचारसंहिता, २०६३ (दोस्रो संशोधन, २०७९)

१. प्रस्तावना सामुदायिक रेडियोहरूले लोकतन्त्र, मानव अधिकार, विचार तथा अभिव्य󰇍󰊊 स्वतन्त्रता, सुशासन, बहुलवादी मूल्य मान्यता र निष्पक्षताको सिद्धान्तलाई आत्मसात् गर्दै, राष्ट्र र समुदायको बृहत्तर हितमा समर्पणको भावले सेवा गर्ने, महामारी, विपत, द्वन्द्व, निर्वाचनलगायत अन्य विशेष प्रकृतिका घटना तथा परिस्थितिमा सामाजिक न्यायलाई प्राथमिकतामा राखी कार्य गर्ने, शान्तिपूर्ण संवादको माध्यमबाट विवाद र समस्याहरूको समाधान खोज्ने, पत्रकारिताका मूल्य–मान्यता र सिद्धान्तलाई आत्मसात् गर्दै सामुदायिक रेडियोकर्मीलाई मार्गदर्शन गरी स्वच्छ र समुदायप्रति उत्तरदायी सन्देश प्रवाह गर्न वाञ्छनीय भएकाले सामुदायिक रेडियो प्रसारक संघमा आवद्ध सदस्यहरूको भेलाले “सामुदायिक रेडियो आचारसंहिता, २०६३ (दोस्रो संशोधन, २०७९)” पारित गर्दै अवलम्बन गरिएको छ।

२. नाम, प्रारम्भ तथा पालना

(क) यो आचारसंहिताको नाम सामुदायिक रेडियो आचारसंहिता, २०६३ (दोस्रो संशोधन, २०७९) हुनेछ।

(ख) यो आचारसंहिता तुरुन्त लागु हुनेछ।

(ग) यो आचारसंहिता नेपालका सम्पूर्ण सामुदायिक रेडियो, यस्ता रेडियोका सञ्चालक र सामुदायिक रेडियोमा कार्यरत रेडियोकर्मीहरूले अवलम्बन तथा पालन गर्नेछौं।

३. परिभाषा

(क) “सामदायिक रेडियो” भन्नाले विश्वव्यापी मूल्य, मान्यता र अभ्यासका आधारमा एवं गरनाफामूलक उद् ै शदे ्यले समुदायको सहभागितामा स्थापित भई समुदायको हितमा सञ्चालन भैरहेको सामुदायिक रेडियो प्रसारक संघकोे सदस्यता लिएको रेडियोलाई जनाउँछ।

(ख) “सामुदायिक रेडियोकर्मी” भन्नाले सामुदायिक रेडियोमा विभिन्न कार्यमा संलग्न सदस्य, पत्रकार, कार्यक्रम उत्पादक, प्रस्तोता, सहयोगीलाई समेत जनाउँछ।

(ग) “सञ्चालक” भन्नाले सामुदायिक रेडियो सञ्चालनका निम्ति कार्यसमिति वा महत्वपूर्णपदमा रही जिम्मेवारी वहन गरिरहेको व्यक्ति सम्झनुपर्छ।

(घ) “संघ” भन्नाले सामुदायिक रेडियो प्रसारक संघ, नेपाल सम्झनुपर्छ। (ङ) “रेडियो” भन्नाले सामुदायिक रेडियो सम्झनुपर्छ।

 ४. सामुदायिक रेडियोले के के गर्नपर्छ ?

(क) लोकतन्त्र, मानव अधिकार, विचार तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण तथा संव󰊚न: 󰇟 सामुदायिक रेडियोले लोकतन्त्र, मानवअधिकार, विचार तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण र संवद्र्धनका निम्ति तथ्यपर्ण ू सूचना प्रवाह गर्नुपर्दछ। सामाजिक न्याय, समावेशीकरण र पारदर्शीताको सिद्धान्तलाई आत्मसात् गर्दै लोकतान्त्रिक समाज निर्माणका लागि निरन्तर वकालत गर्नुपर्दछ। सामुदायिक रेडियोलाई एक स्वतन्त्र प्रसारण संस्थाको रूपमा सञ्चालनका क्रममा जुनसुकैक्षेत्रबाट हुने हस्तक्षेप विरुद्ध प्रतिबद्ध रहनुपर्छ।

(ख) स्थानीय सांस्कृतिक सम्पदा तथा मौलिकताको जगेर्नाः स्थानीय भाषा, कला, संस्कृति, साहित्य, गीतसंगीत र सांस्कृतिक सम्पदाको संरक्षण र प्रवद्र्धनका लागि जोड दिनुपर्छ। मौलिक र स्थानीय आवश्यकताका आधारमा कार्यक्रम तथा सामग्रीहरूको उत्पादन तथा प्रसारणमा अनिवार्य रूपमा समुदायको अर्थपर्ण ू सहभागिता सुनिश्चित गरिनुपर्दछ। नेपाली भाषाका अतिरिक्त कार्यक्षेत्रमा प्रचलित अन्य राष्ट्रभाषालाई प्राथमिकता दिई कार्यक्रम सञ्चालन गर्नुपर्छ।

(ग) समुदायको सहभागिताः रेडियोको व्यवस्थापन, सञ्चालन र कार्यक्रम उत्पादनमा अनिवार्य रूपमा समुदायलाई सहभागी गराउनुपर्दछ। रेडियोमा कर्मचारी नियुक्ति गर्दा लिङ्ग, जात, जाति, भाषाभाषीलाई प्राथमिकतामा राखी स्थानीय समुदायको समावेशी प्रतिनिधित्व सुनिश्चित गरिनुपर्दछ।

(घ) सुमधुर सम्बन्ध स्थापनाः रेडियो तथा रेडियोकर्मी बीचको एक आपसको सम्बन्ध सुमधुर बनाउनु पर्दछ। सामुदायिक रेडियोका बीचमा सुमधुर सम्बन्ध कायम राख्नुका साथै सामूहिक हितका लागि एकताबद्ध हुनुपर्दछ। शान्ति, सुशासन कायम राख्न मद्दत गर्दै समाजमा हुने सबै खालका द्वन्द्व व्यवस्थापनमा सामुहिक रूपमा सहयोग पु󰈀याउनु पर्दछ। सामान्यतया एउटा रेडियोमा प्रशारित सामग्रीको खण्डन अर्को रेडियोबाट गर्नु हँुदैन।

(ङ) सामुदायिक सशक्तीकरणः सामाजिक सद्भाव, मेलमिलाप, भाइचारा तथा सदाचार बढाउँदै समुदायको सशक्तीकरण गर्ने खालका सामग्रीलाई प्राथमिकता दिनुपर्दछ।

(च) सत्य–तथ्य, सन्तुलित र वस्तुनिष्ठ सामग्री सम्प्रेषणः समाचार, विचार वा कार्यक्रम उत्पादन वा प्रसारण गर्दा तथ्यमा आधारित र वस्तुनिष्ट एवं सन्तुलित हुनुपर्दछ। कु नै पनि घटना वा विषयवस्तुका बारेमा सम्बद्ध पक्षहरूका विचार समेटेर त्यसलाई सन्तुलित रूपमा प्रस्तुत गर्नुपर्दछ। सामुदायिक रेडियो आचारसंहिता, २०६३ (दोस्रो संशोधन, २०७९)

 (छ) स्रोतको प्रयोग तथा गोप्य स्रोतको संरक्षणः स्रोत खुलाएर मात्र कु नैपनि समाचार प्रसारण गर्नुपर्दछ। तर, मानवीय स्रोतका हकमा, स्रोत खोल्दा निज माथि कु नैपनि प्रकारको संकट उत्पन्न हुन सक्ने अवस्थामा स्रोतको संरक्षण गरिनेछ र त्यस्ता स्रोतको परिचय खुलाइने छैन।

(ज) गल्ती सच्याउने तत्परताः कु नै गलत तथ्य प्रसारण हुन गएको थाहा हुनासाथ त्यसलाई सच्याएर प्रसारण गर्नुपर्दछ। प्रसारित सामग्रीका सम्बन्धमा तथ्यपरक प्रतिक्रिया वा प्रमाणसहितको खण्डन आएमा प्रष्ट बुझिने भाषामा उक्त सामग्रीलाई उचित समय र स्थानमा प्रसारण गर्नुपर्दछ।

(झ) सामाजिक न्यायको सम्मानः अशक्त, असहाय, अपाङगता भएका र सामाजिक उत्पीडनमा पारिएकाहरूको हक अधिकारको कार्यान्वयन एवं संरक्षणमा सहयोग पुग्ने कार्यक्रमको उत्पादन र प्रसारण गर्नुपर्छ।

(ञ) व्यवसायिक मर्यादा तथा व्यवहारः स्वच्छ, निष्पक्ष र मर्यादित समाचार वा कार्यक्रम प्रसारण गरी व्यावसायिक मर्यादा कायम राख्नुपर्दछ।

(ट) व्यक्ति, समूह, वा राजनीतिक दलको प्रभावबाट मुक्तः सामुदायिक रेडियोका व्यावसायिक काम कारबाहीहरू कु नै व्यक्ति, समूह, संगठन वा राजनीतिक दलको प्रभावबाट मुक्त रहनुपर्छ।

(ठ) राष्ट्रिय एकता, अखण्डता र सार्वभौमिकताको रक्षाका लागि प्रतिबद्धः राष्ट्रिय एकता, अखण्डता र सार्वभौमिकताको रक्षाका लागि सदैव प्रतिबद्ध रहनुपर्छ।

(ड) सम्मानजनक व्यवहारः सबैभाषाभाषी, समुदाय, सम्प्रदाय, जातजाति, क्षेत्र, पेसा, वर्ग, लिङ्ग तथा संस्कृतिप्रति सम्मानजनक भाषा र शिष्टताको प्रयोग एवं समान व्यवहार हुनुपर्छ। स्थानीय समुदायका आस्था र विश्वासमा ठेस नपुग्ने गरी सामग्री प्रसारण गर्नुपर्छ।

(ढ) प्रशारित सामग्री आर्काइबमा राख्नुपर्नेः रेडियोबाट प्रशारित सामग्रगीहरू कम्तिमा पनि १० वर्षसम्म खोज्न सकिने गरि आर्काइबमा सुरक्षित राख्नुपर्दछ।

(ण) पत्रकार आचारसंहिताको पूर्णपालनाः रेडियोमा संलग्न सबै प्रकारका जनशक्तिलाई सम्बद्ध व्यावसायिक आचारणको पालना गर्न अभिप्रेरित गर्नुपर्दछ। प्रेस काउन्सिल नेपालले जारी गरेको पत्रकार आचारसंहिताको पूर्णरूपमा पालना गर्नुपर्दछ। सामुदायिक रेडियो आचारसंहिता, २०६३ (दोस्रो संशोधन, २०७९)

५. सामुदायिक रेडियाले के गर्नुहुँदैन ?

(क) सामुदायिक रेडियोले कु नैपनि व्यक्ति समदुाय वा संस्थाको ख्याति, सम्मान वा मर्यादा र सार्वजनिक हित, शिष्टाचार, नैतिकता र जनस्वाथ्यमा आघात पर्ने कार्य गर्नु हुँदैन। आधिकारिकता पुष्टि नहुने गरी सामग्री प्रशारण गर्नु हँुदैन।

(ख) नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रियता र स्वाधीनताका साथै नेपालको राष्ट्रिय झण्डा, राष्ट्रिय गान, नेपालको निशाना छापका विरूद्ध हुने सामग्री उत्पादन र प्रसारण गर्नुहुँदैन।

(ग) विभिन्न जात–जाति, धर्म, सम्प्रदाय, भाषा, संस्कृति बीचको सुसम्बन्ध र सामाजिक सद्भावमा खलल पार्ने, जातीय भेदभाव वा छु वाछु तलाई दुरुत्साहन गर्ने, सार्वजनिक शिष्टाचार वा नैतिकताको प्रतिकू ल हुने सामग्री उत्पादन र प्रसारण गर्नुहुँदैन।

(घ) जातीय, लैङ्गिक, धार्मिक, क्षेत्रीय, भाषिक, राजनीतिक आस्था, वर्ण शारीरिक, मानसिक र स्वास्थ्य अवस्था जस्ता कु नैपनि आधारमा कसैमाथि पनि भेदभाव हुने वा घृणा फैलाउने खालका सामग्री उत्पादन र प्रसारण गर्नु हुँदैन।

(ङ) हिंसा, आतंक र अपराधलाई प्रश्रय हुने आत्महत्या गर्न दुरुत्साहन गर्ने, अश्लील सामग्री, सार्वजनिक स्वास्थ्य शिष्टाचार र नैतिकताको प्रतिकू ल हुने वा त्रास उत्पन्न गर्नेकिसिमका सामग्री उत्पादन र प्रसारण गर्नुहुँदैन।

(च) विपत्ति वा शोकमा परेका, दुःख पीडा भोगिरहेका व्यक्ति र उनका आफन्त जनमा थप पीडा पुग्नेगरी सार्वजनिक संवेदनशीलतामा प्रतिकू ल असर पर्ने गरी सामग्री उत्पादन र प्रसारण गर्नुहुँदैन।

(छ) यौन अपराध वा सामाजिक विभेद तथा घृणाका कारण उत्पन्न घटना वा मानवता विरोधी अपराधबाट प्रभावित व्यक्ति (Survivor) वा पीडित व्यक्ति (Victim) लाई नकारात्मक असर पार्न सक्ने सामग्री उत्पादन र प्रसारण गर्नु हुँदैन।

(ज) महिला, बालबालिका, यौनिक अल्पसंख्यक र विभिन्न भाषाभाषी तथा जातजातिलाई होच्याउने र सामाजिक विसङ्गतिलाई प्रश्रय दिने खालका सामग्री उत्पादन र प्रसारण गर्नुहुँदन। मानवअध ै िकारको विरुद्ध र सामाजिक न्यायको प्रतिकू ल हुने गरी कु नैपनि सामग्री प्रसारण गर्नुहुँदन। ै

(झ) समाजमा हिंसा, निराशा, घृणा, सन्त्रास र उत्तेजना फैलाउने, साथै हत्या, आत्महत्या, बलात्कार जस्ता जघन्य अपराधलाई दुरुत्साहन हुने खालका सामग्री उत्पादन र प्रसारण गर्नुहुँदैन।

(ञ) कु नै राजनीतिक दल वा विशेष रुची भएका समुदायको प्रचार—प्रसारको माध्यम बन्नुहुँदैन। कु नैपनि दल वा पक्षबाट प्रभावित वा पूर्वाग्रही भएर एकपक्षीय सामग्री प्रसारण गर्नु हुँदैन। कु नै पनि विवादास्पद विषयमा एकपक्षीय विचार वा भनाईका आधारमा सामग्री प्रसारण गर्नुहुँदैन।

(ट) रेडियोले ध्वनि रेकर्ड प्रविधिको अदृश्य रूपमा प्रयोग गर्नुहँुदैन। सार्वजनिक हितका लागि प्रविधिको गोप्यरूपमा प्रयोग गर्नुपरेमा त्यसरी संकलित सामग्री प्रस्तुत गर्दा सम्बन्धित पक्षलाई जानकारी दिनुपर्दछ।

(ठ) पर्यावरण र दिगो विकासलाई हानी पु󰈀याउने वा त्यसलाई बिगार्ने सामग्री प्रसारण गर्नुहुँदैन।

(ड) कसैको व्यक्तिगत वा पारिवारिक जीवनका निजी मामिलामा दखल पार्नु हुँदैन। तर यो विषयवस्तु सार्वजनिक हितसँग सम्बन्धित भएमा त्यसलाई व्यक्तिको निजी मामिला मानिनेछैन।

(ढ) यौनशोषण दुव्र्यवहार तथा अश्लील र घृणाजन्य सामग्रीलाई प्रसारणमा स्थान दिनुहुँदन। का ै र्यस्थलमा हुने यौनशोषण दुव्र्यवहारबाट मुक्त रहनुपर्दछ र यससम्बन्धी कु न सामग् ै री प्रसारण गर्दापीडितको संरक्षण र सुरक्षा सम्बन्धी नीति अवलम्बन गर्नुपर्दछ।

(ण) सामाजिक अपराध, हत्या हिंसा तथा आपराधिक क्रियाकलाप प्रोत्साहन गर्ने खालका सामग्री प्रसारण गर्न हुँदैन। आत्महत्या र हत्याको विभत्स अवस्थाको चित्रण गरेर डर त्रास सृजना हुनेगरी सामग्री प्रसारण गर्नुहुँदैन।

(त) सामाजिक सञ्जाल लगायत अन्य माध्यमबाट आएका अपुष्ट सामग्रीलाई रेडियोबाट प्रसारण गर्नुहुँदैन।

(थ) अडियो मार्फत प्रशारण भएका सामग्रीहरू छापा वा अनलाइन माफ󰇟त प्रकाशित गरिएमा त्यसरी प्रकाशित गरिएका सामाग्रीहरूको पोष्ट मेट्नु/ डिलिट गर्नुहुँदैन।

६. निर्वाचन सम्बन्धी आचार

(क) निर्वाचनलाई मर्यादित र शान्तिपूर्ण ढंगले सम्पन्न गर्नु गराउनु सामुदायिक रेडियो, सामुदायिक रेडियोकर्मी र सञ्चालकको कर्तव्य हुनेछ।

(ख) निर्वाचन आयोग लगायत नेपाल सरकारका सम्बन्धित निकायबाट जारी निर्वाचन सम्बन्धी आचारसंहिताको पूर्ण पालना गर्दै, निर्वाचन सम्बन्धी सामग्री उत्पादन तथा प्रसारण गर्दा निष्पक्ष, तटस्थ र स्वतन्त्रताको सिद्धान्तको पालना गरिनेछ। 

ग) निर्वाचन सम्बन्धी सामग्री सम्प्रेषण गर्ने सन्दर्भमा बहुलवादी अवधारणालाई स्वीकार गरिनेछ। कु नै पनि अवस्थामा कसैप्रति कु नैपनि प्रकारको भेदभाव गरिने छैन। कु नैपनि सामग्री सम्प्रेषणका सन्दर्भमा सत्य–तथ्यको सुनिश्चितता गर्दै सन्तुलन निर्वाह गर्नुपर्ने प्रावधानलाई अनिवार्य रूपमा आत्मसात गरिनेछ।

घ) निर्वाचनलाई सफल बनाउन मतदाता शिक्षाको प्रचार प्रसारमा भूमिका निर्वाह गर्नु सदस्य रेडियोहरूको कर्तव्य हुनेछ।

ङ) कु नैपनि राजनीतिक दल, तिनका नेता तथा कार्यकर्ता र उम्मेदवारको प्रचार संयन्त्रका रूपमा सामुदायिक रेडियो, रेडियोकर्मी र सञ्चालकले प्रस्तुत हुनु हुँदैन।

च) कु नैपनि राजनीतिक दललाई अतिरिक्त लाभपुग्ने कु नै सामग्री प्रशारण गर्नु हुँदैन।

छ) अनुमानमा आधारित कु नैपनि प्रकारका सामग्री प्रशारित गर्नु हुँदैन। मतदानको प्रक्रिया प्रभावित हुनेगरी Pre Poll/Exit Poll जस्ता अनुमानमा आधारित कार्यक्रम सञ्चालन गर्नुहुँदैन।

ज) कु नैपनि राजनीतिक दल, व्यक्ति, उम्मेदवार र संस्थाविरुद्ध घृणा फैलाउने (Hate Speech) भाषाको प्रयोग गर्नुहुँदैन।

झ) रेडियोबाट प्रशारित हुने सामग्री मार्फत कु नैपनि राजनीतिक दलका पक्षमा मत माग्ने र कु नैपनि पक्ष वा विपक्षमा वातावरण निर्माण गर्नु हुँदैन, तर निर्वाचन आयोगले जारी गरेको मापदण्ड अनुरूप सशुल्क विज्ञापन प्रसारण गर्न सकिनेछ।

ञ) मतदाता र मतदान प्रक्रियालाई नकरात्मक रूपमा प्रभावित गर्ने मनसायले कु नै पनि विज्ञापनलाई समाचारका रूपमा प्रस्तुत गर्नुहुँदन। 

ट) सामुदायिक रेडियोको कार्यालय र परिसरमा कु नैपनि दल र उम्मेदवारको प्रचार सामग्रीसँग सम्बन्धित पर्चा, पोस्टर, ब्यानर, होर्डिङ बोर्ड, फ्लेक्स जस्ता सामग्री टाँसिनु र झुन्ड्याउनु हुँदैन।

ठ) सामुदायिक रेडियोकर्मी र सञ्चालक सम्बद्ध रेडियोमा वहाल रहेकै अवस्थामा उम्मेदवार बन्नुहुँदन। सामुदायिक रेडि ै योकर्मी र सञ्चालक कु नैपनि राजनीतिक दल वा उम्मेदवारको चुनाव प्रचार अभियानमा खटिनु हुँदन। सामुदायिक ै रेडियोकर्मी र सञ्चालक कु नैपनि राजनीतिक दल र उम्मेदवारको प्रचार संयन्त्र र समितिको सदस्य बन्नुहुँदन। ै

ड) आशय बिग्रने गरी गलत मनसायले कु नै सामग्री सम्प्रेषण गर्नु हुँदैन। सामुदायिक रेडियो र यस्तो रेडियोसँग सम्बन्धित रेडियोकर्मी र सञ्चालकका सवारी लगायतका कु नैपनि साधन दल र उम्मेदवारको चुनाव प्रचारको  पक्षमा प्रयोग गरिनु हुँदैन। तर मतदाता शिक्षाका लागि यस्ता साधनको प्रयोगलाई अनुचित मानिने छैन।

ढ) सामुदायिक रेडियोकर्मी र सञ्चालकले निर्वाचनमा कु नै दल वा उम्मेदवारको पक्ष वा विपक्षमा सामाजिक सञ्जाल र न्यूमिडियाका माध्यमहरूबाट कु नै पनि किसिमका सामग्री पोस्ट, शेयर, लाइक, कमेन्ट वा प्रतिकमेन्ट गर्न हुँदैन।

७. विज्ञापन सम्बन्धी आचार

(क) विज्ञापनलाई समाचार वा कार्यक्रमको रूपमा प्रशारण गर्नुहुँदन। ै विज्ञापनमा प्रयोग गर्नेभाषा र बोली, सभ्य, शिष्ट र मर्यादित हुनुपर्दछ।

(ख) विज्ञापनकर्ताको नाम, ठेगाना तथा आधिकारिकताको बारेमा स्पष्ट जानकारी नलिई विज्ञापन उत्पादन र प्रसारण गर्नुहुँदैन। (ग) विज्ञापनदाताले प्रवद्र्धन गर्न खोजेको बस्तु वा सेवा उत्पादनको आधिकारिकता र उत्पादकको परिचय विना त्यस्तो बस्तु वा सेवाको विज्ञापन उत्पादन र प्रसारण गर्नुहुँदैन।

(घ) प्रचलित कानूनले उत्पादन, बिक्री वितरण तथा उपभोग वा प्रयोगमा रोक लागाएका वस्तु वा सेवाको विज्ञापन गर्नुहुँदैन।

(ङ) लेबुलमा उल्लेख भए बमोजिम गणुस्तर नभएको बस्तु र सेवाको झुट्टा गुणस्तर सम्बन्धी दाबी लिई विज्ञापन उत्पादन, र प्रसारण गर्नुहुँदन। ै

(च) जुवा खेल्न खेलाउन वा प्रचलित कानून बमोजिम अनुमतिन लिई चिट्ठा किन्न र किनाउन दुरुत्साहन गर्नेविषयको विज्ञापन उत्पादन, र प्रसारण गर्नु हँुदैन।

(छ) औषधि तथा औषधिजन्य वस्तुको प्रयोग, उपयोगिता तथा प्रभावकारिता सम्बन्धमा झुट्टा एवं भ्रमात्मक विज्ञापन प्रशारण गर्नुहुँदन। ै

(ज) प्रचलित कानून बमोजिम अश्लिल मानिएका वस्तु वा सेवाको उपयोग, प्रयोग वा प्रव󰊚󰇟न र प्रोत्साहन गर्नेविषयको विज्ञापन प्रसारण गर्नुहुँदैन।

(झ) प्रचलित कानूनले विज्ञापन गर्ननिषेध गरेका विषयहरूको विज्ञापन प्रसारण गर्नुहुँदैन। (ञ) अन्धविश्वासलाई प्रोत्साहन हुने, श्रमप्रति अवहेलना हुने, लैगिक विभेद एवं जातीय छु वाछु त हुने वा कसैलाई गाली बेइज्जती हुने विषयका विज्ञापन प्रसारण गर्नुहुँदैन।

(ट) अरुको उत्पादन वस्तु वा सेवासँग तुलना गरी त्यस्तो उत्पादन, वस्तु वा सेवालाई कमसल वा नराम्रो देखाउने गरी विज्ञापन प्रसारण गर्नुहुँदन।ै सामुदायिक रेडियो आचारसंहिता, २०६३ (दोस्रो संशोधन, २०७९) 10

(ठ) निर्वाचनको स्वच्छतामा प्रतिकू ल असर पर्ने गरी वा निर्वाचन अवरोध गर्ने गरी विज्ञापन प्रसारण गर्नुहुँदैन।

(ड) जनमानसमा भय, त्रास तथा आतंक पैदा गर्ने प्रकृतिका कु राहरूको विज्ञापन प्रसारण गर्नुहुँदैन।

८. महिला तथा बालबालिका सम्बन्धी आचार

(क) महिला तथा बालबालिकालाई होच्याउने, तथा कसैको पनि आत्मसम्मान र मर्यादामा चोट पुग्ने गरीे सामग्री उत्पादन र प्रसारण गर्नुहुँदैन।

(ख) महिलालाई अपहेलना, यौन भोग्य वस्तु विलासिता वा मनोरन्जनको साधनको रूपमा प्रयोग गर्ने, पुरुषको दाँजोमा कमजोर देखाउने, घरायसी काममा मात्र सीमित गर्र्ने खालका सामग्री उत्पादन, प्रसारण र वितरण गर्नु हुँदैन।

(ग) लैंङ्गिक हिंसा वा सबै प्रकारका विभेदलाई बढावा दिने, यौनिक अल्पसंख्यकलाई होच्याउने वा विभेद गर्ने खालका रेडियो सामग्री उत्पादन, प्रसारण र वितरण गर्नु हँुदैन।

(घ) बाल मष्तिष्कमा नकारात्मक असर पार्ने, बालबालिकाको शिक्षामा बाधा अड्चन पु󰈀याउने, बालबालिकालाई शारीरिक तथा मानसिक रूपमा असर पार्ने, बाल स्वास्थ्यमा नकारात्मक असर गर्ने खालका सामग्री उत्पादन, प्रसारण र वितरण गर्नु हँुदैन।

९. सिर्जनाको सम्मान

(क) कु नैपनि व्यक्ति, समुदाय, व्यवसायमा संलग्नहरूको श्रम र योगदानको अवमूल्यन हुनेगरी सामग्री प्रसारण गर्नुहुँदैन। सिर्जनाको सम्मान गर्नुपर्दछ। सामुदायिक रेडियो प्रसारक संघ (अकोराब), नेपाल